१४ जेठ, काठमाडौं । नेपाली अर्थतन्त्रको परम्परागत पहिचान हो, ‘कृषिप्रधान मुलुक’ । तर नेपालको अर्थतन्त्रलाई अब सेवा क्षेत्रले नेतृत्व गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुग्दा यसमा सेवा क्षेत्रको हिस्सा ६१.८ प्रतिशत छ । दोस्रो स्थानमा कृषि क्षेत्र छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार […]