प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमाबाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले कान्तिपुरलाई बताइन् ।
१ साउन, काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् …
काठमाडौं, १४ फागुन । जिल्ला अदालत दाङले क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनलाई १ वर्ष कैद सजाय र २ हजार रुपैया जरिवाना सुनाइएको छ । बाँस्तोलाले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको निधन भएको थियो । उनी दशैं मनाउन सुर्खेत जाने क्रममा […]
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्
काठमाडौं । नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने […]
प्रतिबन्धित नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिजो सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई आज समेत काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरेको हो ।
बाँस्तोलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरातसमा राखिएको छ ।
पुराना मुद्धा बाँकी रहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
पुस २९ मा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका उच्च तहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ