कञ्चनपुर– लालझाडी र शुक्लाफाँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका-४ चन्दापुरका रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा […]