युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेका छन् ।रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही विचौलियहरुले युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुलाई भित्र्या