विराटनगर । विराटनगर भन्सार कार्यालयले माघको तुलनामा फागुनमा करीब १३ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । मीरगञ्जको पुल सञ्चालन र सामान आयातमा राख्नुपर्ने नगद मार्जिन हटेकाले राजस्व संकलन बढेको हो । कोरोनाको प्रभाव र मीरगञ्ज पुल भासिएकाले लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै आएको थियो ।
माघमा २ अर्ब ७२ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा ३ अर्ब ७ करोड १९ लाख असुली भएको छ, जुन माघको भन्दा १२ दशमलव ८३ प्रतिशतले बढी हो । सीमाक्षेत्रमा प्रहरी प्रशासनको राम्रो समन्वय भएकाले राजस्व संकलन बढेको भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । उनका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ८१ प्रतिशत राजस्व संकलन भएकोमा यो वर्ष त्यसकै हाराहारीमा उठ्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा लक्ष्यको ५७ दशमलव ३९ प्रतिशत राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षमा कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । तर, फागुनसम्ममा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले फागुनमा लक्ष्यको १०४ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्रीले फागुनमा ६० करोड ८९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ६३ करोड ४० लाख रुपैयाँ उठेको जानकारी दिए । कार्यालयले आयकरतर्फ लक्ष्यको १६७ प्रतिशतले राजस्व असुली गरेको छ ।
कार्यालयले फागुनमा आयकरतर्फ १२ करोड ४६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २० करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ९४ दशमलव ३१ प्रतिशतले राजस्व असुली भएको छ । सो शीर्षकमा १९ करोड ४ लाख असुलीको लक्ष्यमा १८ करोड रुपैयाँ संकलन भएको छ ।
कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा १० अर्बभन्दा बढी राजस्व असुलीको लक्ष्य पाएको छ । फागुनसम्ममा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले अन्तःशुल्क, आय कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा राजस्व असुली गर्ने अख्तियारी पाएको छ ।
विराटनगर । जोगबनी नाकाबाट ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज पुल पूर्ण रूपमा सञ्चालन भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २०० को संख्यामा मालवाहक गाडी विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा प्रवेश गर्न थालेका छन् ।
पुल सञ्चालन हुनुअघि मालवाहक गाडी ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुन: विराटनगरस्थित आईसीपीमा भन्सार जाँचपासका लागि आउने गरेका थिए । सम्बन्धित उद्योग तथा व्यापारिक फर्ममा माल अनलोड गरेर फेरि भण्टाबारी नाकाबाटै फर्कनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १२० ओटा मात्रै मालवाहक गाडी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्ने गरेका थिए ।
मीरगञ्जको पुल भासिएपछि घुमाउरो बाटो आउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित बनेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँसम्म राजस्व संकलन भएकोमा अहिले मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० करोडदेखि १२ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको बताए । घुमाउरो बाटोबाट आउँदा मालवाहक गाडीको संख्या कम भए पनि अहिले पुन: बढ्न थालेको उनको भनाइ छ । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले पनि मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहक गाडीको संख्या बढेको बताए । पहिले घुमेर भण्टाबारी नाकाबाट आउनेभन्दा अहिले सोझै आउने मालवाहक गाडीको संख्या बढेको जानकारी उनले दिए ।
मीरगञ्जको पुल भासिएको कारण देखाउँदै सन् २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले जोगबनी नाकाको सट्टा ११६ किलोमिटर पश्चिममा रहेको सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । सोहीअनुसार नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दिएको थियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालनको अनुमति दिएपछि भारतसहित तेस्रो मुलुकसँगको व्यापार सहज बनेको हो ।
यसअघि एउटा मालवाहक गाडी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने कारोबार एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ घटेको थियो ।
विराटनगर । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २ सय हाराहारी मालवाहक सवारी विराटनगर नाका प्रवेश गर्न थालेका छन् ।
पुल सञ्चालनअघि १ सय १६ किलोमीटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुनः विराटनगर आईसीपी पुगेर माल जाँचपास गराउनुपर्ने र फेरि भण्टाबारी नाकाबाटै रित्ता मालवाहक साधन फर्काउनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १ सय २० ओटा मात्रै मालवाहक सवारी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्थे । अहिले उक्त संख्या बढेर २ सय पुगेको छ ।
मीरगञ्जको पुल भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भयो । कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ देखि ७ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० देखि १२ करोडसम्म संकलन भइरहेको बताए ।
ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहकको संख्यामा केही सुधार आएको बताए । सुब्बाका अनुसार अहिले जोगवनी रेलवेमा र्याकबाट सामान आउने त्यो सामान आईसीपी हुँदै नेपाल भित्रिएकाले मालवाहकको संख्या बढेको हो ।
२०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले मीरगञ्जको पुल भासिएको कारण देखाउँदै जोगवनी नाकाको साटो सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । त्यसपछि नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालन गर्यो । मालवाहक सवारी भीमनगर हुँदै १ सय १६ किलोमीटर घुमेर आउँदा व्यवसायीले १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरेको थियो ।
विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालवाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपालका व्यापारी खुशी भएका छन् ।
लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।
मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रूपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ ।
उक्त पुल सञ्चालनपछि ११६ किलोमिटरको दूरी अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएका छन् ।
यसअघि भारतका जोगबनीस्थित ल्याण्ड कष्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।
विभागले अब तेस्रो मुलुकबाट आयात निर्यात हुने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक रूपमा शुरू भएको छ ।
व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रूपमा दुई महीनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गो त्यस मार्गबाट ढुवानी गर्न मिल्थ्यो । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो ।
यसअघि २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगबनी भन्सार र आईसपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो ।
पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा रू. १६ हजार अतिरिक्त भाडा तिर्नुपर्थ्यो ।
अब एक वर्षमा व्यवसायीले रू. ११ करोड ५२ लाख बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने रू. २२ अर्ब ५० करोड बराबारको कारोबारमा गिरावट आएको थियो । -रासस
काठमाडौँ,२ मँसिर । विराटनगर एकीकृत भन्सार जाँच चौकी (आइसिपी) जोड्ने भारतको बथनाहा(जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ । नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ । जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग […]
विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए ।
मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो ।
१६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् ।
भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।