करीब १३ प्रतिशतले बढ्यो विराटनगर भन्सारको राजस्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले माघको तुलनामा फागुनमा करीब १३ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । मीरगञ्जको पुल सञ्चालन र सामान आयातमा राख्नुपर्ने नगद मार्जिन हटेकाले राजस्व संकलन बढेको हो । कोरोनाको प्रभाव र मीरगञ्ज पुल भासिएकाले लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै आएको थियो । माघमा २ अर्ब ७२ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा ३ अर्ब ७ करोड १९ लाख असुली भएको छ, जुन माघको भन्दा १२ दशमलव ८३ प्रतिशतले बढी हो । सीमाक्षेत्रमा प्रहरी प्रशासनको राम्रो समन्वय भएकाले राजस्व संकलन बढेको भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । उनका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ८१ प्रतिशत राजस्व संकलन भएकोमा यो वर्ष त्यसकै हाराहारीमा उठ्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा लक्ष्यको ५७ दशमलव ३९ प्रतिशत राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षमा कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । तर, फागुनसम्ममा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८ लाख रुपैयाँ मात्र संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले फागुनमा लक्ष्यको १०४ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्रीले फागुनमा ६० करोड ८९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ६३ करोड ४० लाख रुपैयाँ उठेको जानकारी दिए । कार्यालयले आयकरतर्फ लक्ष्यको १६७ प्रतिशतले राजस्व असुली गरेको छ । कार्यालयले फागुनमा आयकरतर्फ १२ करोड ४६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २० करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ९४ दशमलव ३१ प्रतिशतले राजस्व असुली भएको छ । सो शीर्षकमा १९ करोड ४ लाख असुलीको लक्ष्यमा १८ करोड रुपैयाँ संकलन भएको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा १० अर्बभन्दा बढी राजस्व असुलीको लक्ष्य पाएको छ । फागुनसम्ममा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले अन्तःशुल्क, आय कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा राजस्व असुली गर्ने अख्तियारी पाएको छ ।

सम्बन्धित सामग्री

विराटनगर भन्सारको घट्दाे राजस्व: ७ महिनामा ३४ प्रतिशत संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा करिब साढे ३४ प्रतिशत राजस्व संकलन गरेको छ।...

विराटनगर भन्सारको राजस्व असुली लक्षको ५७ प्रतिशत मात्रै

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्षको करिब ५७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयमा राजस्व कम

विराटनगर । विराटनगर भन्सार कार्यालयले कोभिड-१९ काे महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको गरेकाे थियाे । तर यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि राजस्व उठाउन नसक्ने देखिएकाे भन्सार कार्यालयले जनाएकाे हाे । आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व […]

विराटनगर भन्सारको राजस्व : आठ महिनामा ५७ प्रतिशत मात्र

पूर्वको प्रमुख भन्सार नाका विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा पनि आर्थिकमन्दीको असर देखिएको छ । ८ महिनाको राजस्व असुलीको अवस्थालाई हेर्ने हो भने लक्ष्यको ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको देखिएको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वकै अर्थतन्त्र कमजोर हुँदै गएको छ । विश्वको आर्थिक वृद्धि साढे दुई दशकयताकै कम भएको […]

विराटनगर भन्सारमा लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन

चालु आर्थिक वर्षको ८ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।...

विराटनगर भन्सारको राजस्व खुम्चियो

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव भन्सारको राजस्वमा देखिन थालेको छ। आयात घट्दो क्रममा रहेको र निर्यात पनि बढ्न नसकेका कारण विराटनगर भन्सारको राजस्व संकलनको लक्ष्य टाढा हुँदै गएको देखिएको छ।...

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

विराटनगर महानगरपालिकालाई राजस्व अभिवृद्धि गर्न सरोकारवालाको सुझाव

काठमाडाैं । सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराैला कार्कीको उपस्थितिमा महानगरपालिकामा आयोजित छलफलमा उनीहरुले करको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हिसान मोरङका अध्यक्ष […]

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।...

विराटनगर भन्सारको राजस्व सङ्कलन घट्यो

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विराटनगर नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीसाधनले प्रयोग गर्ने भारतको मीरगञ्जको पुल पुस २३ गते भासिएपछि त्यसयता राजस्व सङ्कलन घटेको छ । सोही कारणले पुस महिनाको राजस्व लक्ष्यको ७६ प्रतिशतमा सीमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले जानकारी दिए । पुसमा राजस्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको पुस म...