सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।
नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्...