महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उनले भने, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।” उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल