राष्ट्रपतिमाथि खनिए महान्यायाधिवक्ता

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताएका छन् । पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताएका हुन् । “शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो” उनले भने । नेपाल  सरकारकोे  कानूनी सल्लाहकारको रुपमा राष्ट्रपति समक्ष प्र्रधानन्यायाधीशले  शपथ ग्रहण गराउनुपर्छ,तर राष्ट्रपति कार्यालयले त्यसो गरेन । जसले शपथ गराउँ...

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९औं महान्यायाधिवक्ताको रुपमा पदभार ग्रहण गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले बिहीबार महान्यायाधिवक्ताको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। उनलार्य राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कायममुकायम प्रधानन्यायाधीश...

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

काठमाडौं- महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् । सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । निवर्तमान प्रधानमन्त्री […]

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए। राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए […]

महान्यायाधिवक्ता खातीले दिए राजीनामा

काठमाडौँ– सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास […]

मैतीदेवी वकील समूहद्वारा महान्यायाधिवक्ता खातीको सम्मान

काठमाडौं, ९ साउन । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको खुला क्षेत्रमा एक कार्यक्रमगरी महान्यायाधिवक्ता खातीलाई विशेष सम्मान गरिएको हो । महान्यायाधिवक्ता खाती पनि त्यही समूहमा जोडिएका वकील हुन् । सम्मान कार्यक्रममा महान्यायाधिवक्ता खातीले आफूले वकीलहरुको हकहित र क्षमता […]

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए । सम्बन्धित समाचार : महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले राजीनामा बुझाएको बडालले थाहाखबर जानकारी दिए।तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाललाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका थिए। महान्यायाधिवक्ता कार्यालयले बडाललाई आजै बिदाइ गर्ने कार्यक्रम समेत राखेको छ।

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा मंगलबार दिउँसो एक बजे उनको विदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाएँ । […]

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।(रासस)