कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।