कामना सेवा विकास बैंक लिमिटेड र मोको एप बीच फोकसवान पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी व्यवसायिक साझेदारीको सम्झौता भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बैंक र मोकोबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोलुसनका सीईओ प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् । मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा