काठमाडौं : राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन्।साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बनाइएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ। त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ। फेरबदल नभएका मन्त्री