साउदी अरबका राजकुमार नेपालमा

काठमाडौँ– साउदी अरबका विदेशमन्त्रीसमेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । दुईदिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बैठक गर्ने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

नेपालबाट चार्टड विमानमार्फत् पाँचसय भारतीय साउदी अरब जाँदै

काठमाडौं : निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत् उनीहरुको गन्तव्यस्थल साउदी अरब लगिँदैछ। आज र भोलि गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत् साउदी अरब पुर्‍याउन लागिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार आज र भोलि गरी नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सका विमानले ३ वटा उडान गर्नेछन्। भारतीय दूतावासको आग्रह गरेपछि नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब पुर्‍याइदिन ला

संघीयता के हो भन्ने कुरा बोक्नेले नै थाह पाएनन् : केसी

उद्वव मगर, दोहा कतार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता विदेशीको इसारामा लागू गरिएको दोहोर्याउनुभएको छ । कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा अध्यक्ष केसीले संघीय प्रणाली के हो भन्ने कुरा संघीयताको भारी बोक्नेलाई नै थाह नभएको बताउनुभयो । अध्यक्ष केसीले २०६२/०६३ सालको जनआनदोलको माग संघीयता नभएको स्पष्ट पार्दै यो हुबहु बाहिरबाट आयातित रहेको र चोर ढोकाबाट भित्रायको बताउनुभयो । उहाँले नेपालाइ कसरी कमजोर पार्न सकिन्छ भन्ने उद्धेश्यका साथ भित्रिएको संघीय प्रणाली राजनीतिक दलहरुले अध्ययन नै नगरी संसदबाट पास गराएको दाबी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले यो प्रणाली नेपालमा लागू हुन सक्तैन र भबिस्यमा यो प्रणाली रहिरहे देशै समेत खारेज हुन सक्ने केसीले चेतावनी दिनुभयो । राजमोले संघीयताको बिरुद्धमा सुरुदेखि नै कार्यक्रम गर्दै आएको भन्दै केसीले अहिले यो सत्य साबित हुँदै गएको र जनताले संघीयता खारेज गरेरै छाड्ने बताउनुभयो । उहाँले बर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेर देशमा अन्यौल र अराजकता मच्चाएको आरोप पनि लगाउनुभयो । ‘गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं, प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोध गरौँ, भन्ने मूल नाराका साथ २९ जनवरीका दिन कार्यक्रम सम्पन्न भएको हो । कतार नेपाली एकता समाजका अध्यक्ष बिष्णु थापाको अध्यक्षता र महासचिव खिम बुढा मगरको सन्चालनबाट अघि बढेको कार्यक्रममा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसी, अन्तर्रास्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताल, कतार नेपाली एकता समाजका कोषाध्यक्ष लक्षमण कोइराला, केन्द्रीय सदस्यहरु हुमाकान्त आचार्य, कमल आचार्य, सचिव रामप्रसाद पराजुली, बुद्धिजीवी विभागका हरिप्रसाद शर्मा, युगदर्शनका सम्वाददाता उद्दव मगर , रक्तिम सांस्कृतिक विभागका दिल बहादुर विक, सनैया सि एरिया समिति अध्यक्ष भुपेन्द्र चन्द, अलखोर एरिया दिनेश भन्डारीलगायतको आतिथ्यता रहेको थियो । समाजका सचिब रामप्रसाद पराजुलीले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष बिष्णु थापा क्षेत्रीले धन्यवाद दिनुभएको थियो ।