वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने

काठमाडौं । वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले अनलाइनखबरलाई जानकारी दिए । जसअनुसार फिल्म (भाषाभाषीसहित)मा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा पाँच हजार […]

सम्बन्धित सामग्री

आजदेखि फिल्ममा सिफ्ट सिस्टम लागू, नृत्य कलाकारको पारिश्रमिक बढ्यो

काठमाडौं । नयाँवर्षको अवसरमा वैशाख १ गतेदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा तीन महत्वपूर्ण नियम लागू हुँदैछन् । नयाँवर्षदेखि चलचित्र विकास बोर्ड, प्राविधिक संघ र चलचित्र नृत्य संघले तीन महत्वपूर्ण नियमहरु कार्यान्वयनमा ल्याएका छन्, जसले नेपाली फिल्म क्षेत्रलाई प्रभावित तुल्याउनेछ । यसअघि नै घोषणा भएपनि शुक्रबारदेखि कार्यान्वयन हुने भएकाले चलचित्रवृत्तको चासो यसतर्फ मोडिएको छ । […]

नृत्य कलाकारको पारिश्रमिक बढाइने

नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो तथा लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा हालै बसेको बैठकले नृत्य कलाकारको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी नेपालीका साथमा सबैखाले भाषाभाषीका फिल्मका गीतका लागि एउटा गीतको प्रतिव्यक्ति एक दिनमै छायांकन सकिएमा तीन […]

विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिँदै सुन्दर यातायात

काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय स्कुटरमार्फत काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा शुरू गर्ने तयारी गरेको छ । आगामी वैशाख १ देखि तीन चरणमा गरी १०० ओटा विद्युतीय स्कुटरमार्फत सेवा शुरू गरिने कम्पनीले जानकारी दिएको छ । यसका लागि ५ करोड रुपैयाँ लगानी हुने कम्पनीले बताएको छ । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० ओटा स्कुटरमार्फत सेवा दिइने कम्पनीले बताएको छ । कम्पनीले नै विद्युतीयमा रूपान्तरण गरेका ५० ओटा र आयातित ५० ओटा विद्युतीय स्कुटर राइड शेयरिङ सेवामा प्रयोग गरिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार विद्युतीय स्कुटरमार्फत राइड शेयरिङसहित फुड डेलिभरी सेवासमेत दिइनेछ । यसमा जोडिन चाहने राइडरका लागि यसअघि नै आवेदन खोलिसकिएको कम्पनीले बताएको छ । हालसम्म १ हजार ६०० जनाले आवेदन दिइसकेको कम्पनीको भनाइ छ । दुईपांग्रे सवारीसाधनको चालक अनुमतिपत्र भएका नेपाली नागरिक यसमा आबद्ध हुन सक्ने अध्यक्ष थापाले बताए । राइडरको आवेदनका लागि कम्पनीले शुल्क लिएको छैन । राइड शेयरिङ सेवामा प्रयोग गरिने स्कुटर कम्पनीले नै उपलब्ध गराउने हुँदा आफ्नो सवारीसाधन नहुने राइडरलाई समेत सहज हुने कम्पनीको भनाइ छ । स्कुटरको चार्जिङ तथा मर्मतसम्भार खर्च समेत कम्पनीले नै बेहोर्नेछ । कम्पनीले आफ्नो खर्च कटाएर राइडरलाई दैनिक ८०० देखि १ हजार रुपैयाँसम्म पारिश्रमिक दिने बताइएको छ । ‘काठमाडौं उपत्यकामा अहिले विभिन्न राइड शेयरिङ कम्पनीले पेट्रोलबाट चल्ने बाइक/स्कुटरमार्फत सेवा दिइरहेका छन् । सेवाग्राहीले त्यसमा महँगो शुल्क तिर्नुपरेको छ,’ अध्यक्ष थापाले भने, ‘तर विद्युतीय स्कुटरमार्फत सुन्दर यातायातले शुरू गर्ने राइड शेयरिङ सेवा पेट्रोलबाट चल्ने सवारीसाधनको भन्दा ५० प्रतिशत सस्तो हुनेछ ।’ सेवाग्राहीले सेवा लिन सुन्दर यातायातको एपमार्फत आफू जाने स्थान र त्यहाँसम्म लाग्ने भाडा राखेर राइडरलाई ‘रिक्वेक्ट’ पठाउनुपर्नेछ । उक्त रिक्वेस्ट सबैभन्दा नजिक रहेको राइडरले स्वीकार गर्न सक्ने व्यवस्था छ । त्यसपछि यात्रुले आफू भएको स्थानबारे अनलाइनमार्फत जानकारी दिएपछि राइडरले यात्रु भएकै स्थानबाट ‘पिकअप’ गर्नेछन् । यात्रुको सुरक्षाका लागि राइडरले प्रयोग गर्ने हेल्मेटको अगाडि र पछाडि क्यामेरा जडान गरिएको हुनेछ । सो क्यामेरामा रेकर्ड भएका फुटेज ७२ घण्टासम्म मात्र सुरक्षित रहने भएकाले राइडरले गरेका कुनै दुव्र्यवहारसम्बन्धी उजुरी गर्नुपरेमा यात्रुले उक्त समयभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ । राइडर र सेवाग्राही दुवैको दुर्घटना बीमा समेत गरिएको छ । काठमाडौं उपत्यकाबाट शुरू हुने राइड शेयरिङ सेवा बुटवल र पोखरामा समेत शुरू गर्ने योजना कम्पनीले बनाएको छ । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले विगत एक वर्षदेखि विदेशबाट पाटपुर्जा आयात गरी नेपालमै विद्युतीय बाइक र स्कुटर उत्पादन गरिरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ७.३७ % लाभाश पारित

वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सम्पन्न भएको छ ।  सभा लैनचौर ब्याकेंट्स लैनचौर, काठमाडौंमा शुक्रवार सम्पन्न भएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १ गतेसुम्म बुक क्लोज गरेको थियो ।  यस आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।