काठमाडौँ : भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गरेका छन्।बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्। सञ्चारमाध्यमहरूलाई आवश्यक मानक दिन नसक्दा कतिपय स्थानमा भने त्रुटि भइरहेको उल्लेख गरे। उनले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षक अंग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताए।अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानल