खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ । तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन । खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ । जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन । संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेक