आधुनिकतासँगै ग्रामीण भेगका परम्परागत घरेलु यन्त्र÷उपकरण हराउन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप कर्णालीका ग्रामीण भेग (विशेषगरी मध्यपहाड क्षेत्र) बाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र÷उपकरण लोप हुँदै गएका छन् ।ग्रामीण क्षेत्रमा भित्रिएका टुकटुके मिल र पानी घट्ट निर्माण भएपछि कुटानी पिसानी गर्ने यस्ता यन्त्र विस्थापित हुँदै गएका हुन् । मानिसले यस्ता परम्परागत यन्त्र प्रयोग गर्न छाडेसँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ ।