पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनाशका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुँवरले बताए ।ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि