काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल चुनावपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारुढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ ।
कांग्रेसका सांसद प्रकाश रसाइलीसमेतको संशोधनमा कार्यकालसम्बन्धी प्रस्तावित व्यवस्था नै हटाउन माग गरिएको छ । सरकारले अहिलेको प्रतिनिधि सभाको कार्यकाल अबको चुनावमा निर्वाचित भएर आउने सभाको पहिलो बैठकसम्म कायम हुनेगरी शुक्रवार विधेयक दर्ता गरेको थियो ।
प्रस्तावको चौतर्फी आलोचना भएपछि सत्तारूढ दलभित्रको परामर्शअनुसार सरकारले यो व्यव...