सुर्खेत : कर्णालीमा सत्तारुढ दललाई कार्यकर्ता रिझाउनै हैरान छ। संयुक्त कार्यक्रम लिएर गाउँगाउँ गएका सत्तारुढ दलहरू आसन ग्रहणदेखि कार्यकर्ता सहभागी गराउन समेत मुस्किल भएको छ।आफ्नो समूहले टिकट नपाएको भन्दै गठबन्धनको चुनावी प्रशिक्षणमा समेत सहभागी हुन छाडेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षको उम्मेदवार नभएको भन्दै कार्यक्रममा सहभागी हुन छाडेका हुन्। रुकुम पश्चिममा भने माओवादी केन्द्र बलियो भएकाले कसैसँग सहकार्य नगरेरै चुनावी