सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले हस्ताक्षर गरी जबराविरुद्ध महाअभियोग गर्दा गराउँदा सत्ता गठबन्धनमा रहेको जसपालाई भने यसबारेमा जानकारीसम्म नभएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले महा