भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्य/केन्द्र शासित प्रदेशमा फैलिएको छ ।दिल्लीमा अघिल्लो दिन ओमिक्रोनको सर्वाधिक ६३ संक्रमित भेटिएका छन् । यसबाहेक महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका