मानेभञ्ज्याङ (भारत) : बिएसके जलपाइगुडी सातौँ मानेभञ्ज्याङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो।खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औँ मिनेटमा अग्रता बनाउन सफल रह्यो। करण राईले जलपाइगुडीका लागि फ्रीकिकमार्फत पहिलो गोल गरे।१९ औँ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो। १९ औँ मिनेटमा अनिश राईले फ्रीकिकमार्फत गोल गरेका थिए। २३ औ