त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै […]

सम्बन्धित सामग्री

त्रिदेशीय सिरिजमा नेपालद्वारा मलेसिया पराजित

नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।मलेसियाका अमिनुद्दीन राम्लीले […]

नेपाल र सिङ्गापुर भिड्ने

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि सिङ्गापुरविरुद्धको अन्तिम खेलमा नेपाल पराजित भएमा जिम्बावे र सिङ्गापुर एकापसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्नेछन् ।