काठमाडौं । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला राजनीतिक दलका नेताहरु आपसी झगडा र सत्ताको लुछाचुँडीमा व्यस्त छन् । विपक्षी दलहरु सरकार ढाल्ने दाऊ खोजिरहेका छन् भने सत्ता पक्षचाहिँ कुर्सी जोगाउने र एक्लै यात्रा गर्ने ध्याउन्नमा छ ।सरकार देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरेर बसेको छ भने विपक्षीहरु प्रेस विज्ञप्ति जारी गरेर बसेका छन् । यस्तो राष्ट्रिय संकटका बेलामा दलहरुले सत्ताको खेल र झगडा छाडेर कोरोना महामारीलाई साझा शत्रु बनाउनुपर्ने नागरिक आन्दोलनका अभियन्ताको