प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको