काठमाण्डौ – भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो ।
योजनाका लागि पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ (करिब ६ दशमलव ९ बिलियन अमेरिकी डलर) स्वीकृत भएको छ ।
यस योजनाअन्तर्गत एक सय ६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।
भारतीय खेलकुद, युवा मामिला र सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युती...