डलरसँग भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर, विदेशी मुद्राको सञ्चिति पनि घट्यो

अमेरिकी डलरसँग भारतीय रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । आज मङ्गलवार एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ शून्य दशमलव ५ पैसा पुगेको भारतीय सरकारी एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ । आज मात्रै भारु ७ पैसाले कमजोर भएको छ ।  यसअघि कहिल्यै पनि भारतीय रुपैयाँ डलरसँग यति धेरै कमजोर नभएको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको मूल्यवृद्धि र शेयर बजारमा आएको गिरावटका कारण भारु पनि निकै कमजोर भएको अनुमान गरिएको छ । यसअघि सन् २०१४ मा एकै वर्ष भारु २५ प्रतिशतले कमजोर भए...