एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना

भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ । भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित सामग्री

ऋषभ पन्तलाई ३० लाख जरिवाना, १ खेल प्रतिबन्ध

२९बैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३० लाख भारतीय रुपैयाँ जरिवाना गरिनुका साथै १ खेल प्रतिबन्ध लगाइएको छ । गत मंगलबार राजस्थान रोयल्सविरुद्ध खेलमा स्लो ओभर रेटका कारण …

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ ठूलो परिणाममा बरामद

जिल्ला प्रहरी कार्यालयले आइतबार र सोमबार नेपालगन्जबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ ठूलो परिणाममा बरामद गरेको छ । एक करोड ३० लाख ४८ हजार सात सय नेपाली र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

बाँके प्रहरीले दुई दिनमा कसरी भेटायो डेढ करोड स्रोत नखुलेको रकम ?

रुपन्देही । बाँके प्रहरीले नेपालगन्जबाट दुई दिनमा स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ। आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताएका छन् […]

भारततर्फ ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात

काठमाण्डाै - यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अ...

दाइजोमा कार नदिँदा यातना

दाइजोमा कार नदिएको झोंकमा गरुडा नगरपालिका–५ का रोशनकुमार गुप्ताले श्रीमतीलाई कुटपिट र यातना दिएका छन् । गुप्ताले बिहेमा ३० लाख भारतीय रुपैयाँ दाइजो बापत लिएको केटीपक्षको भनाइ छ ।