हालै उपरथी पदमा पदोन्नति भएका नेपाली सेनाका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यससँगै खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।