नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पदोन्नति भएका दुई जनालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागरबहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।पदोन्नति भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका तीन जना महासेनानीहरू