नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालयमा आयोजित एक समारोहका बीच उनलाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यससँगै श्रेष्ठलाई मध्य कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेवारी समेत प्रदान गरिएको छ । कात्तिक १ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।