ऊर्जा क्षेत्रलाई फर्केर हेर्दा : संकटमोचक बन्यो माथिल्लो तामाकोशी, आत्मनिर्भर बन्ने कहिले ?

बैशाख १, काठमाडौं । गत वर्ष विद्युत् क्षेत्रका लागि निकै उतारचढावपूर्ण रह्‍यो । साउनमा स्वदेशी उत्पादन खेर फालेर बहसमा आएको ऊर्जा क्षेत्र कात्तिकमा ३९ मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा पुग्यो । पुसको जाडोमा विद्युत् माग बढेर करीब १७०० मेगावाट पुग्न लाग्दा उपत्यका लगायत देशका विभिन्न ठाउँमा वितरण प्रणाली नै लथालिंङ्ग भयो । साउनमा ४/५ सय मेगावाट विद्युत् खेर फालेको नेपालले माघ लागेपछि त्यतिकै विद्युत् आयात गर्न थालेको थियो । फागुनमा भारतीय बिजुलीको मूल्य बढ्दा विद्युत् प्राधिकरण दबाबमा आइसकेको थियो । चैतमा भने भारतबाट बिड गरेर बिजुली किन्नै नसक्ने अवस्था आएपछि केही उद्योगमा विद्युत् आपूर्ति नै रोकियो । तर घरयासी ग्राहकलाई भने माथिल्लो तामाकोशीलाई आवश्यक्ता अनुसार चलाएर भएपनि विद्युत् आपूर्ति रोक्नु परेन । ४ वर्ष अघि लोडसेडिङ अन्त्य भयो भन्दै मख्ख परेका नेपाली करीब करीब अध्यारोमा बस्ने अवस्थामा पुगेका थिए । ४५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नबनेको हुन्थ्यो भने भारतबाट बिजुली नआएको बेला धेरै नेपालीले बिजुलीको बाटो हेरेर खाना पकाउनु पर्ने अवस्था आइसकेको हुन्थ्यो ।  माथिल्लो तामाकोशी जस्ता जलविद्युत् आयोजना नेपालका लागि कति महत्वपूर्ण छन् भन्ने त यसले प्रमाणित गरिसकेको छ । तर दुःखको कुरा अवको ५ वर्षमा पनि तामाकोशी जस्तो अर्को आयोजना नेपालले पाउने सम्भावना छैन । नदि प्रवाहमा आधारित केही आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएपनि ती आयोजना नेपालको ऊर्जा क्षेत्रको लागि थप टाउको दुखाइ हुने छन् । किनभने तामाकोशीको क्षमताका थप २/३ ओटा अर्धजालशययुक्त आयोजना नबनेसम्म अहिले नदि प्रवाहमा आएका आयोजनाको बिजुली वर्षामा खेर फाल्ने र हिउँदमा भारतकै भर पर्नुपर्ने अवस्था अन्त्य हुने देखिदैन । अहिले रूस युक्रेन युद्धले पनि नेपाललाई सिकाएको पाठ त्यहि हो । एउटा ठूलो जलाशययुक्त आयोजना बनाउ । त्यो नसके तामाकोशीको क्षमताका कम्तिमा २ ओटा अर्धजलाशययुक्त आयोजना बनाउनै पर्छ । हैन भने नेपालको ऊर्जा क्षेत्र विश्व बजारका साना ठूला सबै जसो घटनाक्रमबाट प्रभावित भइरहने देखिन्छ । अन्तरराष्ट्रिय तनावले नेपालको ऊर्जा क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने उदाहरण अहिले देखिसक्यौ । कोइलाको मूल्य बढेपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को महसुल ३८ रुपैयाँसम्म पर्‍यो । त्यो पनि मागेजति पाउने अवस्था रहेन । भारतबाट पर्याप्त बिजुली नआउँदा नेपालमा औद्योगिक क्षेत्रको आपूर्ति नियमित हुन सकेन । महँगो बिजुली किनेर सस्तो बेच्दा विद्युत् प्राधिकरणले धान्न नसक्ने अवस्था आउन सक्ने देखिएको थियो । तर भारत सरकाले कोइलाबाट यत्पादन हुने बिजुलीको अधिकतम मूल्य २० रुपैयाँ नेपाली भन्दा बढी लिन नपाउने भनेर सीमा तोकेपछि नेपालले पनि राहतको सास फेरेको थियो । मौसम परिवर्तनका कारण एक डेढ हप्ता अघि नै नेपालका खोला नालामा पानीको सतह बढ्यो । यसले आन्तरिक उत्पादन बढेर विद्युत् प्राधिकरणलाई केहि राहत भयो । यस अघि दैनिक अधिकतम ३ करोड २५ लाख युनिट सम्म विद्युत् माग भएको नेपालमा २०७८ को अन्तिम दिन भने ३ करोड ३१ लाख ६९ हजार युनिटसम्म विद्युत माग भएको थियो । पिक समयको विद्युत् माग भने १६८९ मेगावाट रेकर्ड भएको थियो ।

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपलाई फर्केर हेर्दा…

काठमाडौं, भदौ ११। महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फूटबल महासंघ९साफ०ले आयोजना गर्ने मुख्य महिला फूटबल प्रतियोगिता । सन् २०१० बाट शुरु भएको प्रतियोगिताको छैटौं संस्करण यहि भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पछिल्लो ३ वर्षमा दोस्रोपटक महिला साफको आयोजना गर्न लागेको हो । प्रतियोगितामा ७ टोली आयोजक […]

जनयुद्धलाई फर्केर हेर्दा

जनयुद्धलाई फर्केर हेर्दा प्रश्न गर्न सकिन्छ– हाम्रा आदर्श र सपना किन बोझ बने ? हाम्रो पुस्ता किन यदुवंशीमा

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौं । सरकारले स्थानीय तहको आगामी निर्वाचन ३० वैशाखमा गर्नेगरी घोषणा गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ । नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २९ जेठ २००४ मा काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी […] The post ‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक.

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १

अतीतलाई फर्केर हेर्दा

तिमी हिमाल भएको देखेकै छु तुषारोको पर्दा भित्र छेकिए पनि त्यसैले चियाइरहेको छु, मन अझै सङ्लिन्छ कि भनी।

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् । २०७१ सालको असारमा […]

विगतलाई फर्केर हेर्दा...

सबैजान खेल्दै थियौँ, घरकाले थाहा पाएछन्। सबैका बुवाहरु हामीलाई खोज्न खोलामै आएछन्। त्यो दिन कसैको चप्पल हराए, कसैले गन्जी उहीँ छोडेछ, कसैको चप्पल चुँडिएछ। एकजना मेरै साथीलाई त घरमा ल्याएर उसको बुवाले बाँधेर कुटेछन्। भोलिपल्ट विचरोलाई ज्वरो आएर स्कुल नै गएन।

फर्केर हेर्दा २०७७...!

काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेल...

जीवनलाई फर्केर हेर्दा…

अनि सम्झन्छु, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाइले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठूलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरूलाई।