कूूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आम मानिसको चासो रहेको छ ।
सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, “मुलुकको आर्थिक वृद्धिमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ ।”
ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै रु ९० देखि रु १०० बराबरको प्रभाव पार्दछ । अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफै...