सात दशक नाघेका रामबहादुरको 'लोभलाग्दो' कागती खेती

पर्वत । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर, पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उहाँ कागती बगानमा मेहनत गरिरहन्छन् । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उनलाई भ्याइनभ्याइ छ ।  कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भूभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर, उनले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाए । नगदे बालीको रूपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा आफैले थालेको कुरिलो खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  लामो समय काठमाडौंमा बसेर व्यापार गरेका क्षत्री ६० वर्षको उमेरमा काठमाडौं छाडेर गाउँ फर्किएका थिए । गाउँ फर्केपछि व्यावसायिक रूपमा कृषि पेसामा लागेका हुन् उनी । काठमाडौं बस्ने क्रममा बोटानिस्ट डा. खेमराज भट्टराईसँग उनको भेट भयो । डा. भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि उनले त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए । पुर्खाले आर्जेको माटोमा आफै नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौंको व्यवसाय छाडेर गाउँमा फर्किए ।   विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोपेका क्षत्रीको बगैंचामा कागतीका करीब एक हजार बोट छन् । माछापुच्छ्रे कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थालेका क्षत्रीले शुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा विक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती विक्री वितरण गर्दै आइरहेका छन् । उनले प्रतिकिलो रु दुई सय खुद्रा र होलसेलमा रु एक सय ८० मा विक्री गर्ने गरेको बताए । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै विक्री हुने उनले बताए ।     गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उनको भनाइ छ । आफ्नो बगैंचामा कुनै प्रकारको रासायनिक पदार्थ (विषादी मल)को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थालेका छन् । नले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा विक्री गरेका थिए । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उनले बताए । कृषि ज्ञान केन्द्र, पर्वतले कागतीको स्रोत केन्द्रको रूपमा उनको फार्मलाई छनोट गरेको छ ।  कागतीसँगै क्षत्रीले २०७५ सालबाट कुरिलो खेती शुरु गरेका छन् । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उनले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नुपरेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उनले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाए । उनको बगैंचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताए । कुरिलो विक्री गरेर प्रत्येक ६ महीनामा सन्तोषजनक आम्दानी भइरहेको उनको भनाइ छ ।  शुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौंका कम्पनीमा कुरिलोको जरा विक्री गरेका उनले आजभोलि भने कुरिलोको टुसा घरबाटै विक्री गर्दै आइरहेका छन् । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैंचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उनको भनाइ छ ।  पोखरा–काठमाडौंका बजारमा धेरै मूल्यमा टुसा विक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो रु एक हजारका दरमा विक्री गर्दै आइरहेको पौडेलले बताए  । कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उनले बताए । काममा उनलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उनले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिए ।   पौडेलले गत वर्षदेखि रु ८० हजारको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि शुरु गरेका छन् । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि शुरु गरेको उनले बताए । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताए ।  क्षत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा रु १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थालेका छन् । बेमौसममा विक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरीद गरेर भण्डारण गरेको उनले बताए । ‘खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरुको भर पर्नुपर्दैन,’ उनले भने, ‘एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।’ उनले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताए । रासस

सम्बन्धित सामग्री

हात्ती रोक्न कागती खेती

दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम...

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागती खेती

काठमाडौं, १ असोज ।  झापामा दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा […]

झाडी फाँडेर कागती खेती

गण्डकी, ६ भदौ । दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन्। नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक […]

जागिरसँगै कागती खेती

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले व्यवसायीक कागती खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।...

धान मासेर सुन्तला र कागती खेती

काठमाडौँ,१५ कार्तिक । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु […]

कागती खेती गरेर कृषकलाई उत्साह थप्दै गाउँपालिका अध्यक्ष राई

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले कृषकलाई अनुदानमा कागतीका बिरुवा दिने कार्यक्रम ल्याए । परम्परागत खेतीभन्दा आम्दानी दिने खालको खेती गर्ने योजनाअनुसार कागतीका विरुवा कृषकलाई अनुदानमा दिने गरी उनले बजेट समेत छुट्याए । परम्परागतभन्दा पनि थोरै लगानीमा आम्दानी दिने खालको खेती गर्न उत्प्रेरित गर्ने उद्देश्यले कागती खेती कार्यक्रम ल्याएको उनले बताए । तर बजेट कार्यान्वयनका क्रममा अनुदानमा कागतीका विरुवा लिन कोही नआएपछि पीडा भएको उनले बताए । ‘विरुवा त्यसै लगेर प्रगति गर भन्दा पनि कोही नआएपछि...

उपसचिवबाट अवकाश भएपछि कागती खेती

तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती शुरु गरेका छन् । पैतिस वर्ष सरकारी सेवामा बिताएका रानाले उपसचिव पदबाट अवकाश लिएपछि कागती खेती शुरु गरेका हुन् ।उनले २१ रोपनी क्षेत्रफलमा आठ सय कागतीका बिरुवा लगाएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएको हो । ज्ञान केन्द्रको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत कागती खेती शुरु गरेको रानाले बताए । “व्यावसायिक रुपमा कागती उत्पादन गर्ने उद्देश्य लिएर कागती खेती शुरु ग

कोहलपुरमा कागती खेती

सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोलास्थित सृजना सामुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको बिरुवा रोपेको छ । सिर्जना सामुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यूटावर निर्माण गरेको छ ।जंगल छेउमै […]

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक काग...