काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने दावी गरेका छन्। उनले यो सत्ता गठबन्धन स्थायी नहुने र धेरै नटिक्ने दावी पनि गरे।मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्याउने जिकिरसमेत गरे। पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्याउने सांसद पौडेल