२३ असोज, काठमाडौं । केही दिनअघि फरेन अफेयर्समा ‘चिनियाँ उदयको अन्त्य‘ भन्ने एक लेख प्रकाशित भयो । टुफ्ट विश्वविद्यालयका प्राध्यापक माइकल बेक्ली र जोन हप्किङ्नस विश्वविद्यालयका हल ब्रान्ड्सद्वारा लिखित उक्त लेख प्रकाशित भएपछि विश्वभर एकखाले बौद्धिक बहस र तरङ्ग उत्पन्न भएको छ । बेक्ली र ब्रान्ड्सले आफ्नो लेखमा चिनियाँ उदय उत्कर्षमा पुगेको तर्क गरेका छन् […]