स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिँदा स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा स्वास्थ्य कार्यालयले कोरोना महामारीबीच ६७.५ प्रतिशत प्रगति गरेको छ ।...
कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ। कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन्।
खोटाङ – दैनिकजसो बढिरहेको कोरोना भाइरस संक्रमणका कारण खोटाङमा सरकारी कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयका कर्मचारीसमेत संक्रमित हुन थालेपछि नियमित सेवा प्रभावित भएको हो ।कर्मचारी संक्रमित भएपछि जिल्लामा स्थानीय तहका साथै विभिन्न सरकारी कार्यालयले धमाधम अत्यावश्क बाहेकका सेवा बन्द गर्न थालेका छन् ।जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले […]
काठमाडौँ, २९ पुस: कोरोना भाइरसका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले जानकारी दिएको हो । राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेन ।राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरुले आफ्ना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् ।मन्त्रिपरिषद बैठक प्रभावितपुस चौथो साताको सुरुवातदेखि काठमाडौं लगायत देशका विभिन्न जिल्ला
काठमाडौं : कोरोनाका कारण मिस वर्ल्डको फाइनल प्रभावित भएको छ। प्रतियोगी नै संक्रमित भएपछि शुक्रबार बिहान हुने भनिएको ७० औँ मिस वर्ल्ड प्रतियोगिताको फाइनल तीन महिनाको लागि सरेको छ। मिस इन्डोनेसिया र मिस मलेसियामा कोरोना संक्रमण देखिएपछि यतिवेला सबै प्रतियोगी तथा कर्मचारी क्वारेन्टाइनमा बसेको मिस वर्ल्डको फेसबुक पेजमार्फत जानकारी गराइएको छ।कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड प्रतियोगिता नै हुन सकेको थिएन। यो वर्ष पनि अन्तिम दिन कोरोनाकै कारण प्रतियोगिता स्थगित हुन पुगेको हो।पोर्टो रिकोको राज
कोरोना महामारीले विश्वव्यापी रूपमै सबै उमेर समूहका व्यक्ति मानसिक रूपमा प्रभावित भएका छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, व्यवसायीलगायत कोरोना प्रभावित व्यक्तिका आफन्त र जो पहिलेदेखि नै शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, कोभिडका कारण जागिर गुमाउने व्यक्तिका आफन्तलाई बढी असर परेको छ ।
यो बेला मानसिकसँगै शारीरिक समस्या पनि भएको छ । निद्रा नलाग्ने, हातखुट्टा झमझम हुने, धेरैजसो समय कोरोनाकै बारेमा चिन्ता लिइरहने भइरहेकाे हुन्छ । कतै बाहिर गइहाल्यो, भिडभाडमा गयो भने पनि घाँटी चिलाएको जस्त...
काठमाण्डाै – कोरोना महामारीका कारण छोटो अवधिका तालिम लिने २० हजार जना विद्यार्थी प्रभावित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्टले गर्ने कार्यक्रममा कोरोनाको असर परेको र धेरैजनाको तालिम प्रभावित भएको निर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो ।
शिक्षा पत्रकार सञ्जालले गरेको कार्यक्रममा परियोजना निर्देशक भुसालले विशेष गरी पहिले तालिम लिइरहेकाहरुको तालिम छुटेको र नयाँको लागि तालिम लिने र सञ्चालन गर्ने संस्थासँग सम्झौतामा हुन ढिलाइ भएको बताउनुभयो ।
‘कोराेनाको द...
नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन । केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को […]
कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको र २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।
उक्त अध्यनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलुविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।
यसैगरी, अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ती गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए । यसैगरी, ८७ दशमलव ५ प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । ८७ दशमलव ५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए ।
यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए । ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव ...