कोरोना महामारीले विश्वव्यापी रूपमै सबै उमेर समूहका व्यक्ति मानसिक रूपमा प्रभावित भएका छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, व्यवसायीलगायत कोरोना प्रभावित व्यक्तिका आफन्त र जो पहिलेदेखि नै शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, कोभिडका कारण जागिर गुमाउने व्यक्तिका आफन्तलाई बढी असर परेको छ ।
यो बेला मानसिकसँगै शारीरिक समस्या पनि भएको छ । निद्रा नलाग्ने, हातखुट्टा झमझम हुने, धेरैजसो समय कोरोनाकै बारेमा चिन्ता लिइरहने भइरहेकाे हुन्छ । कतै बाहिर गइहाल्यो, भिडभाडमा गयो भने पनि घाँटी चिलाएको जस्त...