३ साउन, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।
काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।
पानीको उचित …
काठमाडौं : काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह पुगेका छन्। अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन्। काठमाडौं महानगरमा अब २२ हजार ५ सय ६४ मत गन्न बाँकी छ। २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्। पछिल्लो परिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्। उनलाई
काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि शुक्रबार तोकिएको मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको समयमा अधिकांश मतदान केन्द्रहरुमा मतदान सकिएको हो। मतदान सकिएका स्थानहरुबाट मतपेटिका संकलन गर्ने काम सुरु भएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृह ल्याउने क्रम सुरु भएको छ। केही मतपेटिका सभागृह ल्याइसकिएको […]
काठमाडौँ– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको पहिलो दिन आइतबार अपेक्षा गरिएभन्दा कम मात्रै मनोनयन दर्ता भएको थियो। दोस्रो तथा अन्तिम दिन सोमबार भने निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरुको चहलपहल बढेको छ। काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयरसहित विभिन्न पदमा उम्मेदवारी दिन विभिन्न दलका उम्मेदवारहरु राष्ट्रिय सभागृह पुगेका छन्। उनीहरु […]
नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गराउन प्रकाशमान सिंह राष्ट्रिय सभागृह पुगेका छन् ।
शनिवार दिउँसो साढे ३ बजेको समयमा नेता सिंह र सुजाता कोइराला उम्मेदवारी दर्ताका लागि पुगेका हुन् ।
सिंहको प्यानलबाट सुजाता उपसभापतिको उम्मेदवार बनेकी छन् ।
केही केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए पनि प्रकाशमानले अन्य पदाधिकारीमा प्यानल बनाउन सकेका छैनन् ।
१ भदौ, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको हो । महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर […]
सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण रा