मतपेटिका राष्ट्रिय सभागृह ल्याउने क्रम जारी (तस्बिरहरु)

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि शुक्रबार तोकिएको मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको समयमा अधिकांश मतदान केन्द्रहरुमा मतदान सकिएको हो। मतदान सकिएका स्थानहरुबाट मतपेटिका संकलन गर्ने काम सुरु भएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृह ल्याउने क्रम सुरु भएको छ। केही मतपेटिका सभागृह ल्याइसकिएको […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभागृह अगाडि बालेन समर्थकको ‘धर्ना’, प्रशंसासँगै खबरदारी (भिडियोसहित)

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । हालसम्म वडा नम्बर १ र २ को मत गणना सकिँदा दुुई वटै वडामा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन् । तर, मेयर पदका हकमा भने काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । यस्तै नेकपा एमाले र ...

मुलुकभर मतगणना कछुवा गतिमा, मतपरिणाम आउन कति दिन लाग्ला ?

वैशाख ३१, काठमाडौं ।  संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन स्थानीय तह अन्तरगत शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना कछुवा गतिमा शुरु भइरहेको छ । केहि स्थानको मतपरिणाम सार्वजनिक भइसकेता पनि अधिकांश स्थानको मतगणनाका लागि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले शुक्रवार विहान अवेरमात्र मतगणना शुरु भएको हो ।  निर्वाचन आयोगले शुक्रवार नै  मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिएता पनि प्रक्रिया पुगेका स्थानहरुमा पनि ढिला गरी मतगणन शुरु भएका छन् । मुलुककै ठूलो महानगरपालिकाको रुपमा रहेको काठमाडौं महानगरमा पनि शुक्रवार बिहान १० बजेपछि मात्र मतगणना शुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नै ढिला बसेको थियो ।   निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मतगणना शुरु गरिएको छ । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको छ ।   काठमाडौं महानगरको प्राप्त मत परिणाम र हालसम्मको समयलाई आधार मान्ने हो भने एउटा मत सदर या बदर  मत ठहर्‍याउन २० मिनेटसम्म लाग्ने गरेको सहभागी राजनीतिक दलका स्वयंसेवकहरुले बताएका छन् ।  यसरी हेर्दा काठमाडौं महानगरको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने देखिन्छ । मतगणना भइरहँदा राष्ट्रिय सभागृह परिसरमा भिड बढ्दै गएको छ । त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ। महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा पनि  शुक्रवार मात्र मतगणना शुरु भएको छ । ललितपुर महानगरपालिकामा पनि अपरान्ह १२ बजेपछि मात्र  मतगणना शुरु भएको छ । यसैगरी  विराटनगरमा पनि मतगण शुरु  भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभर करीब ६४ प्रतिशत मत खसेको छ ।                 आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।  एकैपटक देशभरका कुल १० हजार ७५६ ओटा मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुक्रवार मतदान भएको थियो। यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् ।

काठमाडौं महानगरको मत गणना शुरु, वडा नं १ र ३२ को मत गणना हुँदै

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरको मत गणना शुरु भएको छ ।  बिहान ८ बजेबाट शुरु गर्ने भनिएको मत गणना ढिला गरि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मत गणना शुरु गरिएको छ । तयारी भइरहँदा राष्ट्रिय सभागृह परिसरको माहोल र राष्ट्रिय सभागृह बाहिर भने भिड बढ्दै गएको छ । गणना ढिला हुँदै जाँदा पत्रकारहरु बिहानैदेखि समाचार संप्रेषणको लागि कुरीरहेका छन् भने विभिन्न दल र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ।  मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय भएको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै प्रतिनिधि पाउनुपर्ने भन्दै विरोध गरेका छन् । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन् । फोटो : सुनिल शर्मा/आर्थिक अभियान

कांग्रेस महाधिवेशन : मतदानको लागि यसरी हुँदैछ तयारी (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा एकैसाथ मतदान गराउने तयारी गरेको छ । ती स्थानमा अहिले मतदान केन्द्रको निर्माण भइरहेको छ । मतदानका लागि आवश्यक बुथ, मतपेटिका तथा अन्य आवश्यक प्रबन्ध गर्ने क्रम जारी रहेको […]