एमाले महाधिवेशनमा कमल थापाको सम्बोधन- केपी ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको छ

राप्रपा अध्यक्ष कमल थापाले मुलुकले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट देशले साहसिक निर्णयको अपेक्षा गरिएको बताएका छन् ।  उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा लिम्पियाधुरा समेटिएको नक्शासहित नेपाली भूमिको रक्षा गर्न सकेको भन्दै प्रशंसा गरे ।  चितवनमा शुरू नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै थापाले पहिलो पटक प्रधानमन्त्री बन्दा प्रंशसनीय काम गरे पनि दोस्रोपटक गर्न नसकेको टिप्पणी गरे । ‘केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च आँच आउन नदिई नाकाबन्...

सम्बन्धित सामग्री

बिआरआईबाट ठूलो अपेक्षा नराख्नुस्ः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ – एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्। काठमाडौंमा शुक्रबार भएको एक अन्तरक्रिया कार्यक्रममा पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको ठूलो अपेक्षा गर्न […]

अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा राखेको छैन : विशाल भट्टराई

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थमन्त्रालयका बारेमा विभिन्न विषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् । उनले करका विषयमा छानविन गर्न एमालेले माग […]

कैलालीमा स्थानीय निर्वाचन : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो ।सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । पाँच वर्षअघिको चुनावमा

युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : अध्यक्ष ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पूरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् । ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु […]

जनताको अपेक्षा  एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’उ

माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित  माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर

नयाँ नेतृत्वलाई एमाले प्रतिनिधिको सुझाव : नेतासँग होइन, जनतासँग रहनुस्

चितवन – नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वप्रति एमालेका नेता कार्यकर्ताले आ–आफ्नै आशा र अपेक्षा राखेका छन् । एमाले नेता कार्यकर्ताले निर्वाचित नेतृत्व सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउँदै अबको पार्टी जनजीविकाका मुद्दालाई सम्वोधन गर्न सक्ने र हुँदाखानेको वर्गले ग्रहण गर्नसक्ने बन्नुपर्ने सुझाव दिएका छन् । एमाले महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वले समाजमा वर्गीय विभेद अन्त्य गर्न सक्ने खाका सहितको दिशानिर्देश गर्ने अपेक्षा रहेको एमाले कार्यकर्ता सहदेव लकान्द्रीले बताउनुभयो । सामाजिक रुपमा भएका ...

एमाले महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ : कमल थापा

काठमाण्डाै –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ । चितवनमा सुरु भएकाे एमालेको दशौँ महाधिवेशनकाे उद्घाटन समाराेहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो । ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी...

एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् ।आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नर