नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’उ