सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो ।सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । पाँच वर्षअघिको चुनावमा