सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : उपप्रमुख अधिकारी

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको छ । संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दे उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको हो । उपप्रमुख अधिकारीले अझै पनि दुर्गम क्षेत्रका नागरिक आर्थिक […]

सम्बन्धित सामग्री

महानगरद्वारा ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा

मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई […]

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल गरिएको छ। कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल  गरेका हुन्।

बारामा उपप्रमुख स्वास्थ्य प्रवर्द्धन कार्यक्रम प्रभावकारी

काठमाडौं । बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ । एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो । प्रत्येक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य […]

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

गण्डकी, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका […]

स्वास्थ्य सेवा सुदृढीकरणका प्रतिष्ठान र तिलागुफाबीच सम्झौता

स्वास्थ्य सेवा सुदृढीकरणका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोटको तिलागुफा नगरपालिकाबीच सम्झौता भएको छ । तिलागुफा नगर अस्पतालमा विषेशज्ञ सेवा सञ्चालनका लागि ती दुई निकायका बीचमा सम्झौता भएको हो ।प्रतिष्ठान रजिष्ट्रार नृपेन्द्र महत र तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नगर अस्पतालमा नियमित सेवा सुरु गर्न एक औपचारिक कार्यक्रमकाबीच शुभारम्भ […]

चाँगुनारायणका उपप्रमुख बुढाथोकीको सवारी नगर अस्पताललाई

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको सवारी साधन नगर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । आज चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले भन्नुभयो, “ मेरो सुविधाको गाडी नगर क्षेत्रभित्र रहेका वृद्धवृद्धा, शारीरिक अशक्त, दीर्घ …

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर । भक्तपुर नगरपालिकाले बिहीवारदेखि नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उघ्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गरेका हुन् । प्रजापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एकमात्र स्थानीय तह रहेको दाबी गरे । नगरपालिकाले सामुदायिक शिक्षण संस्था खोलेर हजाराैं जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको उनले बताए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले नगरवासीका लागि घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको सुनाए । कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले यस नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्र मात्र नभई अहिले सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा रहेको चर्चा गरिन् । सो अवसरमा सभापति एवं भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चिकित्सकसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायत स्वास्थ्य सेवा उपलब्ध हुने बताए । स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबै स्थानीयवासीको सहयोग रहेको बताए । कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने बताए । नःपली सृजनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सृजना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाले पुर्‍याउने योगदानको बारेमा चर्चा गरे ।

अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा

अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरुको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुरू गरेको छ ।  अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम शुरू भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।  उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान शुरू गरेको हो । उप...

पाटनले खरिद गर्‍यो एम्बुलेन्स

बिरामीलाई आपतकालीन सेवा दिन बैतडीको पाटन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ। २२ लाख ९० हजार रुपियाँ खर्च गरेर नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स किनेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो।