बिरामीलाई आपतकालीन सेवा दिन बैतडीको पाटन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ। २२ लाख ९० हजार रुपियाँ खर्च गरेर नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स किनेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो।