दार्चुलाको व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षका भए । विगतमा गाउँ पञ्चायतको सदस्यसमेत बनेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन् । नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिएका थिए । विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन् ।पहिलो पटक आफूहरुले निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपरेकामा उनको गुनासो छ । मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा न