म्याग्दी – पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएकाे सडक हिजो (बुधवार) बेलुकीदेखि सञ्चालनमा आएको हो ।
बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकाे थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्याल...
गलेश्वर – आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन्। म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ। पहिराको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ। उक्त सडक खण्ड […]
काठमाडौं । म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सीमानामा रहेको दु:खु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण देशभरी अझै पनि […]
म्याग्दी : म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको काम ढिलासुस्ती भएको भन्दै स्थानीयले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि काम तीव्र गतिमा अघि बढेको छ।केही महिनाअघि स्थानीयले नेपाली कांग्रेसका नेतासमेत रहेका आयोजनाका ठेकेदार जिपछिरिङ लामाको फोटो पोलमा टाँसेर विरोध गरेका थिए। त्यसपछि ठेकेदारले आगामी चैतभित्र कालोपत्रे गर्ने गरी कामलाई तीव्रता दिएको हो।निर्माणको जिम्मा लिएको सहायक ठेकेदारले सडक अलपत्र पारेपछि मुख्य ठेकेदारलाई दबाब दिइएको थियो।
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन […]
म्याग्दी । बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ । जिल्लाको रणनीतिक महत्त्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेको हो । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार […]
म्याग्दी – निरन्तरको वर्षाका कारण गर्दा पहिरो खसेर बन्द बनेको बेनी–दरबाङ सडक फेरि सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिका जोड्ने सडक खण्ड मर्मतपछि मङ्गलवार बेलुकीदेखि सञ्चालनमा आएको हो ।
बेनी नगरपालिका ४ तातोपानी नजिकै घुमाउने भिर तथा मालिका गाउँपालिका ६ मा रहेको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको थियो । बन्द सडक प्रहरीको पहलमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
...
अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भीषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघु गङ्गा गाउँपालिका–३, चमेरे, रघुग