माघ १९, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टाको अवधिमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले नियमित पत्रकार सम्मेलनका क्रममा उक्त अवधिमा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी जम्मा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् ।
यसैगरी उक्त अवधिमा ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरस संक्रमण दरमा कमी तर उच्च जोखिम कायम
केही दिनअघि देशभरि भएका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको थियो। दैनिक पुष्टि हुने संक्रमितको संख्या घटेको तथा पहिला फेला परेका संक्रमित निको हुने क्रम बढेकाले सक्रिय संक्रमितको संख्या घटेको हो।
गत साताभन्दा यो साता ११ दशमलव ८ प्रतिशतले कमी आएको भए पनि अझै संक्रमण दर ३४ प्रतिशत रहेको मन्त्रालयकी प्रवक्ता मिश्राले बताइन्।
मन्त्रालयका अनुसार हाल मुलुकभर ६९ हजार २९१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
अहिले काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित र दुई ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।तर सामान्य लक्षण देखिएका मानिस नगएकाले संक्रमितको संख्या सरकारी तथ्याङ्कभन्दा बढी भएको विज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसंक्रामक ओमिक्रोन भेरिएन्टका कारण संक्रमण फैलिएको हो। प्रवक्ताका अनुसार २४ ओटा नमूनाको जीन सिक्वेन्सिङ गर्दा २१ ओटामा ओमिक्रोन र तीन ओटामा डेल्टा भेरिअन्ट देखिएको छ।
उनले स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न अनुरोध गरिन्।
कहाँ बढे संक्रमित ?
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकाको तीन ओटा जिल्लामा १ हजार १२३ जना संक्रमित फेला परेका छन्। अरू संक्रमित भने विभिन्न जिल्लामा भेटिएका हुन्।
तीमध्ये काठमाडौं जिल्लाका ८६८ जना, भक्तपुर जिल्लाका ८५ जना र ललितपुर जिल्लाका १७० जना संक्रमित हुन् ।
दुई वर्षयता विश्वलाई हल्लाइरहेको कोरोना भाइरस सङ्क्रमण न्यून गर्न खोप अभियान चलिरहेको र यसले नियन्त्रण पनि भैरहेको अवस्थामा सङ्क्रमणको उच्च जोखिम रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै ‘ओमिक्रोन’ नाम दिएको छ । यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक रहेको …
पछिल्लो समय सर्वसाधारणमा बढेको लापरवाहीले कोरोना भाइरस संक्रमण महामारीको तेस्रो लहर झन् खतरनाक हुने चिन्ता भारतमा गर्न थालिएको छ ।
भारतको नीति आयोगले पत्रकार सम्मेलन गर्दै कोरोनाविरुद्ध भारतमा अझै ‘हर्ड इम्युनिटी’ प्राप्त नभएकाले उच्च जोखिम कायमै रहेको जनाएको छ ।
हाल भारतमा न्युनीकरण हुँदै गएको कोरोना भाइरसको नयाँ प्रकोप निम्तिने सम्भावनालाई नकार्न नसकिने आयोगले जनाएको छ । आसन्न महामारी रोक्न आगामी १२५ दिन धेरै महत्त्वपूर्ण हुने आयोगले जनाएको छ ।
नीति आयोगका स्वास्थ्य सदस्य डा. वीके पालले संक्रमण फैलिन...
धनगढी । मास्क नलगाई हिँड्ने, एकाआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन हुँदा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड समेत नअपनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । भारतमा कोभिडको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको हो ।
जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रूपमा लगाउन, भीडभाड नगर्न र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भए पनि यसको पालना हुन सकेको छैन । रोग फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् ।
प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । कुन प्रकारको भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतीजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्धतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । रासस
कोरोना भाइरसको महामारीले विश्व त्रसित भएको अवस्था छ । नेपाल सरकारले कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण हुन नदिन लगाएको लकडाउन केही महिनापछि खुकुलो गरेर खोलिएको छ । देशव्यवपी रूपमा लकडाउन खुकुलो भएपछि आम सर्वसाधारण भने पुरानै शैलीमा फर्किन थालेका छन् । लकडाउन खुकुलो भएपछि आम सर्वसाधारणमा भने कोरोनाको क्रास हटिसकेको छ । तर, भाइरसको क्रास हटे पनि आम सर्वसाधारणको कोरोना भाइरसको भने उच्च जोखिम बढ्न थालेको छ । दैनिकजसो कञ्चनपुरको सदमुकाम महेन्द्रनगर बजार क्षेत्रमा आउने सर्वसाधारण तथा व्यापारीले कोरोना भाइरसको जाखिमबाट बच्न कुनै पनि सावधानी अपनाएका छैन ।
कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक परीक्षण -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ ।
कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि प्रारम्भिक परीक्षण (आरडिटी)मा कोरोना भाइरस पोजेटिभ देखिए क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर परीक्षण गर्ने गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा गरिएको पिसीआ
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस कोभिड १९० को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि सरकारले कोरोना नियन्त्रणको पूर्वतयारीलाई तीव्र रुपमा अघि बढाएको छ।
डव्लुएचओको मुख्यालयमा गत बिहीबार भएको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको थियो।
न...