दुई वर्षयता विश्वलाई हल्लाइरहेको कोरोना भाइरस सङ्क्रमण न्यून गर्न खोप अभियान चलिरहेको र यसले नियन्त्रण पनि भैरहेको अवस्थामा सङ्क्रमणको उच्च जोखिम रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै ‘ओमिक्रोन’ नाम दिएको छ । यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक रहेको …